अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

हवाई आक्रमणले इराकको सम्प्रभुता नै उल्लंघन भयो –ईराकी प्रधानमन्त्री महदी

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:५६ मा प्रकाशित

इराकी प्रधानमन्त्री अडेल अब्दल महदीले अमेरिकी हवाइ हमलाको निन्दा गर्नुभएको छ । प्रधानमन्त्री महदीले अमेरिकाले गरेको कारवाहीले इराकको सम्प्रभुता नै उल्लंघन भएको आरोप लगाउनुभयो । आक्रमणसँगै अमेरिकासँगको सम्बन्ध र आन्तरिक सुरक्षाका बारेमा समीक्षा गर्ने बेला आएको प्रधानमन्त्री महदीको भनाइ छ । इराकको परराष्ट्र मन्त्रालयले यस विषयमा छलफल गर्न अमेरिकी दुतावासर्लाइ पत्राचार समेत गरेको जनाएको छ ।

आक्रमणमा २५ जना इरान समर्थित इराकी सेनाको मृत्यु भएको थियो । अमेरिकी सेनाले इराकका कताइब हिज्बुलह मिलिसियालार्ई लक्षित गरेर आक्रमण गरेका थिए । अमेरिकी इस्लामिक स्टेट आइएस र इराकी सरकारी सेनाबीच वर्षौदेखि लडाइँ चलिरहेको छ । अमेरिकी सेनाले राजनीतिक प्रतिशोधका कारण इराकी सेनामाथि आक्रमण गर्नु गलत भएको प्रधानमन्त्री महदीको टिप्पणी छ ।

तर अमेरिकी विदेश मन्त्रालयले भने इराकले आफ्नो बानी नसुधारे अझै क्षति व्यहोर्ने चेतावनी दिएको छ । यसअघि इराकले गरेको कारवाहीमा एक अमेरिकी ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले जवाफी कारवाही गरेको जनाएको छ । सन् २००९ देखि अमेरिकाले हस्तक्षेप गरेर आफ्नो देशको शान्ति र स्थायित्वमा खलल् पुर्याएको इराकको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू