अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

मोडलिङ गर्दै चिनियाँ राजदूतको नेपाल भ्रमण वर्षको शुभकामना

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:५३ मा प्रकाशित

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमण वर्ष २०२० का लागि पर्यटनमन्त्री योगेश भट्टराई तथा नेपाल सरकारलाई शुभकामना दिनुभएको छ । उहाँले ‘मोडलिङ’ गरेका आफ्ना चार तस्बिरहरु ट्विटरमार्फत सार्वजनिक गर्दै ‘इतिहास, विविधता र प्रकृतिसहितको सुन्दर नेपाल भ्रमणयोग्य छ’ भन्नुभएको छ । यान्छीले भ्रमण वर्ष २०२० को शुभकामना समेत दिनुभएको छ ।

रातो पहिरनमा सुन्दर देखिनुभएकी राजदूत यान्छीले आफ्ना चार तस्बिर पोस्ट गर्दै लेख्नुभएको छ, ‘साँचो सुन्दरताले सधैँ हृदयको गहिराइलाई छुन्छ।’ ट्विटमा उहाँले मन्त्री भट्टराईलाई मेन्सनसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू