अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

ए डिभिजन लिगमा जावलाखेल युथ क्लबको जित

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:४४ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेलले च्यासललाई २ – ० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक /एक गोल गर्नुभयो । यस्तै अर्को खेलमा ब्रिगेड ब्वाईज क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा ब्रिगेडले १० खेलाडीमा सिमित शेर्पालाई १ – ० गोल अन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया