अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

विधेयक रोक्न खोज्ने कर्मचारीलाई कारबाही गर्ने पर्यटनमन्त्री भट्टराईको चेतावनी

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:४१ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयनसम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीलाई चेतावनी दिनुभएको छ । नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने बताउनुभएको हो ।

कार्यक्रममा कर्मचारीले प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसपछि मन्त्री भट्टराईले प्राधिकरणमा क्षति हुने गरी कुनै गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइने बताउनुभयो । उहाँले आफू छलफल गर्न तयार भएको, तर कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएको भन्दै आन्दोलनबाट विश्वस्त हुन नसक्ने बताउनुभयो । आन्दोलन गरेर अवरोध गर्न खोज्नेलाई कारबाही गर्ने चेतावनी मन्त्री भट्टराईको थियो ।

मन्त्री भट्टराईले क्षतिपूर्ति भराउने नीति कार्यान्वयनमा आएको भन्दै विधेयक रोक्ने पक्षमा आफू विश्वस्त हुन नसकेको बताउनुभयो । कार्यक्रममा आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरणलाई विभाजन गर्ने गरी विधेयक ल्याउन लागिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू