अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

भ्रमण वर्षको उद्घाटनमा भाग लिने विदेशमन्त्री आउने क्रम जारी

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:३७ मा प्रकाशित

भ्रमण वर्षको उद्घाटनमा भाग लिने विदेशमन्त्री आउनेक्रम जारी रहेको छ । भोलि हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुग्नुभएको छ । मन्त्री बार्लेटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर स्वागत गर्नुभएको छ ।

यस्तै भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन म्यानमारका पर्यटनमन्त्री ओन मउङ पनि नेपाल आउनुभएको छ । मन्त्री मउङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले सोल्टी होटेलमा स्वागत गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू