अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

सरकारलाई कांग्रेसको प्रश्न– फेसबुक, ट्वीटर दर्ता गर्न आएन भने सरकार के गर्छ ?

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:३३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता गर्न आएन भने सरकारले कस्तो कदम चाल्छ भनी प्रश्न गरेको छ । सरकारले राष्ट्रियसभामा पेश गरेको नेपाल विशेष सेवा ऐन र सूचना प्रविधि विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर नागरिक स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन माग गरेको छ ।

सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरेकै भरमा १५ लाख तिर्नुपर्ने प्रावधान स्वीकार्य नरहेको उल्लेख गर्दे प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नागरिक स्वतन्त्रता कुण्ठित गर्न खाजेको ठहर गर्नुभयो । सरकार सच्चिन, नेता सच्याउन सामाजिक सञ्जालमा आलोचना गर्न पायृने उहाको भनाई थियो । उहाँले सरकारलाई फेसबुक, ट्वीटर र इन्स्टाग्राम बन्द गर्न चाहेको हो भन्ने प्रश्न पनि गर्नुभयो । सरकार के फेसबुक, ट्वीटर र इन्स्टाग्रामलगायत बन्द गर्न चाहन्छ? दर्ता गर्न आएनन् भने के गर्छ?,’ शर्माले प्रश्न गर्नुभयो ।

प्रवक्ता शर्माले एकपछि अर्को नागरिक स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ल्याएर सरकारले बहुदलीय पञ्चायती व्यवस्थाको अभ्यास गरेको आरोप लगाउनुभयो । ‘फोन रेकर्ड गर्न दिने पक्षमा नागरिक तयार हुनुहुन्छ?,’ उहाँले भन्नुभयो ‘हामी संसददेखि सडकसम्म विरोधमा उत्रन्छौं।’ शर्माले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले एमसिसीलाई अवरूद्ध गर्न खोजेको पनि आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू