अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

इश्वरी बगालेको नेतृत्वमा अनेसास शिकागो कमिटी गठन

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:३३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, शिकागोको प्रथम बार्षिक साधारणसभाले साहित्यकार इश्वरी बगालेको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । अनेसासका अन्तर्राष्ट्रिय अध्यक्ष पदम बिश्वकर्माको उपस्थितिमा गठित संस्थालेसाधारण सभा तथा अधिबेशन सम्पन्न गरेको हो ।

अधिबेशनले भीम राई प्रदेसीलाई प्रथम उपाध्यक्ष, जितेन्द्र बिक्रम राणालाई द्वितीय उपाध्यक्ष चयन गरेको छ । यसैगरी लक्ष्मण न्यौपाने सचिब र मिना पाण्डेलाई कोषाध्यक्ष चयन गरेको छ भने कार्यसमितिका सदस्यहरुमा कविता नेपाल, तुल्सी शिवाकोटी, गोपाल जिसी, शिवराज अधिकारी, सारदा गौतम पराजुली र सुबास अर्याल चयन हुनुभएको छ ।

कार्यक्रमको खुल्ला सत्रमा बिभिन्न बालश्रष्टाहरुले आफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा बिगत २ बर्षमा शिकागो साहित्य समाजलाइ सहयोग गर्ने संस्था र ब्यक्तिहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा शिकागोको नेपालीहरुको साझा संस्था शिकागोल्यान्ड नेपाली फ्रेन्ड्सिप सोसाइटी, जेजे ट्याक्स, आशा पिचर्स, हिमालयन शेर्पा किचन र नेपाल हाउस रेस्टुरेन्ट रहेका छन । यस्तै बाल साहित्यकार कृशा पान्डे र अतुल सिबाकोटीलाई पनि सम्मानित गरिएको थियो ।

हाइवूड पार्कमा रहेको हिमालयन शेर्पा किचन रेस्टुरेन्टमा करिब ५० जना कवी तथा साहित्यकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू