अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

अमेरिका टेक्सासको एक चर्चमा अन्धाधुन्ध गोली प्रहार, एक जनाको मृत्यु

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:३२ मा प्रकाशित

अमेरिकाको एक चर्चमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एकको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । गोली प्रहार गर्ने व्यक्ति मारिएका छन् । टेक्सासको पश्चिमी क्षेत्रमा रहेको चर्चमा प्रवेश गरेर ती व्यक्तिले चर्चाका सदस्यमाथि गोली प्रहार गरेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको दृश्यमा चर्च प्रवेश गरेका बन्दुकधारीले चर्चका एक सदस्यसँग कुराकानी गर्ने क्रममा अर्का व्यक्तिलाई गोली हानेका थिए । त्यसलगत्तै लगत्तै उनीसँग कुरा गरिरहेका व्यक्तिमाथि पनि गोली प्रहार गरेको देखिएको छ । लगातार गोली प्रहार गरेपछि चर्चका अन्य सदस्यहरुले उनलाई नियन्त्रणमा लिएपछि उनी पनि मारिएका हुन् ।

गोली प्रहार गर्ने व्यक्तिका बारेमा अनुसन्धान भइरहेको छ । गोलीकाण्ड लगत्तै चर्च बन्द गरिएको छ । टेक्ससमा गत अगष्टमा भएको गोलीकाण्डमा ७ जनाको मृत्यु भएको थियो भने सन् २०१७ मा एक चर्चमा भएको गोली प्रहारमा २६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू