अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

यमनका सैन्य परेडलाई लक्षित गरी भएको बिस्फोटमा पाँचको मृत्यु

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:३० मा प्रकाशित

यमनको दक्षिणी शहर अल ढलेआमा भएको बिस्फोटमा पाँच जनाको मृत्यु भएको छ । सैन्य परेडलाई लक्षित गरी भएको बिस्फोटमा कयौं घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार परेड खेलिरहेका सैनिकलाई लक्षित गरी बिस्फोट गराइएको थियो । घटनाको कुनै पनि समूहले जिम्मा नलिएको समाचारमा जनाइएको छ ।

सुरक्षाकर्मीहरुले भने आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरेका छन् । यसैबीच हुथी विद्रोहीका प्रवक्ता याह्या सरियाले यमनमा युद्धविरामको तयारी भएपनि आफूहरुले आक्रमणलाई निरन्तरता दिने बताएका छन् । उनले साउदी अरेबियाका विभिन्न सैन्य क्याम्पहरु आफूहरुको निसानामा रहेको बताएका छन् । उक्त समूहले यसअघि साउदीका विभिन्न स्थानमा भएको हमलामा आफूहरुको संलग्नता रहेका बताउँदै आएको छ ।

गत अगस्टमा पनि एक सैन्य परेडमा ड्रोन हमला गरेको उनीहरुको दावी छ । उक्त हमलामा कमाण्डरसहित ३६ जनाको मृत्यु भएको थियो । सन् २०१४ मा यमनमा होथी विद्रोहीको आन्दोलनका कारण राष्ट्रपति अब्द रब्बू मन्सर हादीको सरकार ढलेसँगै यमनमा पछिल्ला पाँच वर्षमा द्वन्द्व चर्किएको हो । सन् २०१५ मा साउदी– युएई गठबन्धनले हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई पुर्नस्थापना गर्न सेनाले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू