अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबको जित

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:२६ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ । आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई १ – ० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गर्नुभयो ।

जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा जित र १ बराबरी खेलेको छ । समान अंक भएपनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै मछिन्द्र शीर्ष स्थानाम उक्लिएको हो । तर, मनाङले एक खेल कम खेलेको छ । ४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया