अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

क्रान्तिकारी माओवादीका उपाध्यक्ष गजुरेल सहितका १५ नेता कार्यकर्ता रिहा

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:१८ मा प्रकाशित

हिजो सिंहदरबार अगाडिबाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता रिहा भएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उहाँको टोलीलाई हिजो पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । सबै १५ जना आज बिहान रिहा भएका छन् ।

रिहा भएपछि उपाध्यक्ष गजुरेलले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर र गृहमन्त्री रामबहादुर थापा (बादल)लाई जानकारी गराएर सिंहदरबारभित्र जान खोज्दा पनि नियन्त्रणमा लिइनु सुनियोजित भएको आरोप लगाउनुभयो ।

रिहा हुनेहरुमा गजुरेलसहित, परी थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, हरिकृष्ण गजुरेल, बसन्त बोगटी, दीपक शाही, फुरनाम्गेल मोक्तान, खगेन्द्र छन्त्याल, पदम भण्डारी, मिन गिरी, अनिल योञ्जन, सुन्दर श्रेष्ठ, नरेन्द्र कार्की र ढोबप्रसाद अधिकारी छन् । गजुरेलका अनुसार उनीहरुलाई सुरुमा नेपाल पुलिस क्लबमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू