अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

‘सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:१५ मा प्रकाशित

आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गिरीको मुद्दामा सोमबार थुनछेक बहस सकिएसँगै अदालतले उक्त आदेश दिएको हो । सोमबार प्रतिवादी गिरीका तर्फबाट अधिवक्ता मोहन कोइराला र रूपेश कोइरालाले थुनछेक बहस गरेका थिए । थुनछेक बहस आइतबारदेखि सुरू भएको थियो । गिरीलाई विराटनगरस्थित विराट नर्सिङहोमबाटै एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराइएको थियो ।

उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए । सुनसरीको चतरास्थित आश्रमका गिरीविरुद्ध आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गएको मंसिर १६ गते विराट नर्सिङहोमको ‘आइसीयु’कक्षबाटै पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी विराट नर्सिङहोममा उपचाररत् थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू