अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

नेपाल भ्रमण वर्षको उद्घाटन भव्य समारोहका बिच दशरथ रंगशालाबाट हुने

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:१३ मा प्रकाशित

‘नेपाल भ्रमण वर्ष २०२०’ को यही जनवरी एक अर्था पुस १६ गते बुधबार एक भव्य समारोहका विच उद्घाटन हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भ्रमण वर्षको तयारीबारे जानकारी दिन आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

समारोहमा चीन, भारत, जमैका, म्यान्मार लगायत देशका पर्यटनमन्त्री सहभागी हुनेछन् भने १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिती रहनेछ । उद्घाटननको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी गराउनुभयो । जनवरी १ अर्थात पुस १६ गते दिउँसो ४ बजे बाट औपचारिक कार्यक्रम शुरु हुने उहाँले बताउनुभयो । उद्घाटन समारोहमा सामाजिक संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्ने कार्यक्रम तय भएको छ ।

संयोजक वैद्यले दशरथ रंगशालामा उपस्थित हुने सबैलाई पासको व्यवस्था गरेको भन्दै सर्वसाधरण तथा आगन्तुकलाई तीन देखी पौने चार बजे सम्म भित्र गईसक्नुपर्ने बताउनुभयो । भीभीआईपी भने चार बजे उपस्थिती हुने उहाँले जानकारी दिनुभयो । त्यसपछि साँझ ७ बजेसम्म कार्यक्रम हुने तालिका रहेको छ । कार्यक्रममा नेपाली सांस्कृतिक झाँकी सहित राष्ट्रिय कलाकार मार्फत सांगितिक कार्यक्रम समेत रहेको छ । त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी सातमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ ।

यसबाहेक उक्त दिन काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उदघाटन हुने छ । भ्रमण वर्ष कुनै मन्त्रालयको मात्र कार्यक्रम नभई सम्रग नेपालको कार्यक्रम भएकाले सबैले उत्सबको रुपमा मनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले आग्रह गर्नुभयो । उहाँले नेपालको अबको यात्रा उज्यालोतर्फ अघि बढेको भन्दै पर्यटन नेपालको प्रमुख अर्थतन्त्र हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू