अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

राजीव लामाले लिएर आए “सानी माया” (भिडियो)

बिआरटीनेपाल २०७६ पुष १३ गते ११:४८ मा प्रकाशित

गायक राजीव लामाले लोक-पप भाकामा आधारित “सानी माया” बोलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । नयाँ वर्षको उपलक्ष्यमा संसार भरी छरिएर बसेका नेपाली संगीतप्रेमीलाई उपहार स्वरूप गीतको लिरिकल भिडियो गायक लामाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

जापानको व्यस्त सहर नागोयालाई आधार बनाउँदै विगत १३ वर्ष अगाडी देखि बस्दै आएका चर्चित नेपाली गायक राजीव लामाले “ देउराली थानको मन्दिरमा”, “जाऊ जाऊ साथी रेलैमा” “वन लभ”, “टोक्यो सहरमा” , “हामी नेपाली” र “कान्छी सुनन” जस्ता चर्चित गीतहरूको सफलता पश्चात् पुनः एक पटक छुट्टै जनरा लोक-पप “सानी माया”बोलको गीत सार्वजनिक गरेका हुन् ।

यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयम् गायक राजीव लामाको रहेको छ भने गीतको सङ्गीत संयोजन रोमन बज्राचार्यले गरेका हुन् ।गीतमा आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भन्ज्याङ र खोला-नालामा सँगै हुर्केर माया प्रेम साटासाट गरिएको सानी माया लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।

जापानमा बसेर नेपाली गीतसङ्गीत र सिनेमालाई प्रमोट गर्दै आइरहेका लामा एक इभेन्ट म्यानेजर समेत हुन् । यस क्रममा नयाँ वर्ष २०२०को उपलक्ष्यमा आउँदो जनवरी ४ तारिख लास्सो एभ्रेष्ट ईन्टरनेशनलले आयोजना गरेको “सरौतो फिल्मी एन्ड म्युजिकल कन्सर्ट”मा उनको प्रस्तुति रहेने छ । उक्त कार्यक्रममा अभिनेता तथा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, सुमी मोक्तान र समीर तिमिल्सिनाको समेत सहभागिता र प्रस्तुति रहने छ ।

प्रतिक्रिया