अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

राज्य व्यवस्था समितिबाट लोकसेवा विधेयक पारित

बिआरटीनेपाल २०७६ पुष १३ गते ७:०१ मा प्रकाशित

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको लोकसेवा विधेयक २०७६ पास गरेको छ । समितिको आज (आइतबार) बसेको बैठकले लोकसेवा सम्बन्धि विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो । समितिमा लोकसेवाका कर्मचारी सरुवा गर्दा सरकारले आयोगसंग सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति गरे पनि प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएका थिए ।

तर, आजको बैठकमा यो व्यवस्थाबारे संबैधानिक आयोगका कर्मचारीको सरुवा सम्बन्धि व्यवस्था संघीय निजामती विधेयकमा राख्ने गरी विधेयकबाट हटाईको छ । यस्तै, अयोगको स्वायत्तताको विषयमा पनि विविध शीर्षक अन्र्तगत आउने बजेटमा एक पटक कार्य्विधि बनाएर अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू