अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:५८ मा प्रकाशित

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । मृतकहरुमध्ये दुई जना मलेसियन महिला र एक भारतीय नागरिक पनि रहेको बताइएको छ । इजिप्टमा हरेक वर्ष सवारी दुर्घटनामा परेर कयौ सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

सन् २०१८ मा मात्र आठ हजार भन्दा बढीको सवारी साधन दुर्घटनामा परेर मृत्यु भएको थियो । अघिल्लो वर्ष एघार हजारले दुर्घटनामा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू