अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

प्रदर्शनको तयारीमा रहेका विप्लव कार्यकर्ता

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:५७ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौँमा सरकार विरोधी प्रदर्शनको तयारी गरेका बेला कम्तिमा १६ जना पक्राउ परेका छन् । विप्लव नेकपाका कार्यकर्ताले काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शनको तयारी गरिरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुईजना महिला छन् ।

विप्लव नेकपाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग आफ्नो क्षेत्रमा पारेको तथा अरु विभिन्न मुद्दामा सरकारको विरोध गर्दै विप्लव नेकपाले प्रदर्शन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू