अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

अमेरिकाको न्यूयोर्कमा यहुदीमाथि छुरा प्रहार, थुप्रै घाइते

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:५४ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा यहुदीहरूको प्रार्थना सभा नजिकैको घरमा केही मानिसमाथि छुरा प्रहार गरिएको छ । निकै व्यक्ति घाइते भएको आशंका गरिए पनि पाँच जना घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । घाइते हुने सबै यहुदी रहेको जनाइएको छ । उनीहरु खानुखा भनिने यहुदीको एक पर्व मनाउन जुटेका थिए ।

उत्तरी न्यूयोर्कको मोन्सेमा अवस्थित उक्त घर यहुदी धर्मगुरुको रहेको अर्थोडक्स जुईस पब्लिक अफेयर्स काउन्सील (जेपीएसी)ले जनाएको छ । प्रहरीले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको जनाएको छ । आक्रमण किन गरिएको भन्ने केही खुलेको छैन । न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनशीलता अपनाईने प्रष्ट पार्नुभएको छ ।

समाचार अनुसार एक घाइतेलाई कम्तीमा ६ पटक छुरा हानिएको जनाइएको छ । सन् २०१९ मा अमेरिकी इतिहासमै सबैभन्दा बढी नरसंहार भएको तथ्य आइरहेका बेला यस्ता घटना भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू