अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

सिंहदरबार छिर्न लाग्दा माओवादी नेता सिपी गजुरेलसहित १० जना पक्राउ

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:५५ मा प्रकाशित

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहित १० जना अनामनगरको हनुमानस्थानबाट पक्राउ पर्नुभएको छ । नेपाल– भारत सीमाबारे उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीनजना पत्रकार छन् भने एकजना सर्वसाधारण छन् । प्रहरीका अनुसार रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि प्रहरीले रोकेको थियो। त्यस क्रममा झडप हुँदा दुईजना प्रहरीसमेत घाइते भएका छन्।

घाइते हुनेमा प्रहरी निरीक्षक वेद पौडेल र असइ मानबहादुर तामाङ रहनुभएको छ । उनीहरुको उपचार भइरहेको छ । घटनापछि प्रहरीले गजुरेलसहित १० भन्दा धेरैलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू