अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

नागरिकता वितरण प्रावधान त्रुटीपूर्ण – अध्यक्ष अनुपराज शर्मा

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:४६ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष अनुपराज शर्माले नागरिकता वितरणसम्वन्धी प्रावधानहरु अझैपनि त्रुटीपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमा नागरिकता सम्बन्धी प्रावधानहरु जस्तोसुकै भए पनि आमाको नामबाट नागरिकता लिन सक्ने अवस्था अझै पनि नरहेको औंल्याउनुभयो ।

अध्यक्ष शर्माले नागरिकता सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई स्पष्ट रुपमा सुचित गर्नु पर्ने सुझाव समेत दिनुभएको छ । राज्यले नै महिला र पुरुषलाई भेदभावको दृष्टिले हेर्ने गरेको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा राज्यविहिनताको विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरु नामक संगालोको नेपाली अनुवाद संग्रह विमोचन गरिएको थियो । संग्रहमा संयुक्त राष्ट्रसंघको साधारणसभामा अनुमोदन गरिएको मानवअधिकार आयोग सम्बन्धी विश्वव्यापी घोषणा र आधारभूत अधिकारसम्बन्धी विषय समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू