अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

चिनी मिलहरुले किसानलाई ७० करोड भुक्तानी गर्न बाँकी, माइतीघरमा उखु किसानको धर्ना

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:४५ मा प्रकाशित

विभिन्न चिनी मिलहरुले उखु किसानलाई ७० करोड भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । यति ठुलो रकमको भक्तानी बाँकी रहेपछि सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्। चिनी मिल मालिकहरूले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरू धर्नामा बसेका हुन्।

२०७० सालबाट उखुको भुक्तानी नपाइएपछि धर्नामा बस्नु परेको उखु किसान हरिश्याम रायले बताउनुभयो । यसअघि पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको किसानहरको भनाई छ । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भुक्तानी गर्न बाँकी रहेको उनीहरुले बताएका छन् ।भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरू कुनै पनि हालतमा चल्न समेत नदिने किसानले चेतावनी दिएका छन्।

किसानले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्। मिलहरूले अहिले आफू खुसी ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५३६/५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानको छ।

प्रतिक्रिया