अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

’विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’– शिक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:४१ मा प्रकाशित

नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरु राजनीतिक गर्ने थलो नभएको बताउनुभएको छ । आइतबार काठमाडौंमा नेपाल प्राध्यापक संघको कार्यकाल हस्तान्तरण कार्यक्रममा उहाँले राजनीतिक आस्थाका आधारमा नभई अब प्राध्यापकहरुको परिचय दक्षताको आधारमा हुने स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले नेपाललाई शैक्षिक हबको रुपमा विकास गराउने गरी शिक्षा नीति बनेको भन्दै खोज र अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री पोखरेलले उच्च शिक्षा, प्राविधिक शिक्षासमेत जोडेर तीन विधेयक पास हुने तयारीमा रहेको जानकारी समेत गराउनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयको साख जोगाउने गरी शिक्षा प्रदान गर्न प्राध्यापकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा गत कार्तिक ३० गते भएको प्राध्यापक संघको निर्वाचनमा निर्वाचित टिमलाई पदभार ग्रहण गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू