अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

अर्को चुनावमा नेकपा एक्लैले दुई तिहाइ ल्याउँछ– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:३९ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पार्टीले एक्लै दुई तिहाइ मत ल्याउने दावी गर्नुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले अबका तीन वर्ष सरकार र पार्टीले गर्ने कामले आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याउने दाबी गर्नुभयो ।

सरकार र पार्टीको कामबाट नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने सुनिश्चित भएको उल्लेख गर्दै उहाँले केन्द्रीय समिति बैठकपछि देशैभर कार्यक्रम चलाउने र त्यसले उत्साह ल्याउने बताउनुभयो । पार्टी र जनताबीच जीवन्त सम्बन्ध नहुँदा जित्नुपर्ने कतिपय ठाउँमा उपनिर्वाचनमा पराजित हुनु परेको प्रचण्डको भनाई थियो ।

विकास निर्माणका काम जनताले चाहे जस्तो छिटो नभएको प्रचण्डले बताउनुभयो । लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भूमि नेपालको भएको भन्दै उहाँले अतिक्रमित भूमि फिर्ता ल्याउन कुटनीतिक पहल भइराखेको जानकारी गराउनुभयो । अहिलेको समय कालापानी क्षेत्रबाट भारतीय सेना हटाउने अबसर पनि रहेकोले कुटनीतिक तवरबाटै सीमा विवाद समाधान गर्ने प्रचण्डले बताउनुभयो । नेपालका भूमि एक इन्च पनि अरूलाई नदिने र अरूको एक इन्च पनि नलिने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू