अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

रुसद्धारा ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्र जडान

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:३७ मा प्रकाशित

रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्र जडान गरेको छ । रक्षामन्त्री सेर्गेई सोइगुलले शुक्रबार राति १० बजे ती क्षेप्यास्त्र तैनाथ गरिएको भने पनि जडान गरिएको ठाउँबारे केही बताउनुभएको छैन । तर त्यहाँका अधिकारीहरुले यसअघि नै त्यो क्षेप्यास्त्र पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने संकेत गरेका थिए ।

ती क्षेप्यास्त्रमा ग्लाइड प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रले रुसलाई अरु देशभन्दा अगाडि पुर्याएकोे दाबी गर्नुभएको छ । रुसको रक्षा मन्त्रालयले अभानगार्ड प्रणालीको भिडिओ सार्वजनिक गरे पनि अस्त्र विज्ञहरूले यसको प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू