अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

आनीछोइङ डोल्माको कार्यक्रम हेर्न चीन, रुस र हङकङका ६ सय जना भन्दा बढी नेपालमा

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:३६ मा प्रकाशित

गायिका आनी छोइङ डोल्माले काठमाडौंमासांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको छ । अन्तर्राष्ट्रिय समुदायका ब्यक्तिहरुलाई लक्षित गर्दै आनीले काठमाडौंको हायात होटलमा आफ्नो प्रस्तुती दिनुभएको हो । उहाको कार्यक्रम हेर्न चीन,रुस र हङकङका ६ सय जनाभन्दा बढीको उपस्थित रहेको थियो ।

उनीहरु आ– आफ्नो देशमा टिकट काटेर हवाइ भाडासमेत आफैँ तिरेर आनीको कार्यक्रममा सहभागी भएका हुन्। ’गुरु ब्लेसिङ’ नाम दिएको कार्यक्रममा आनीले नेपाली र चाइनीज भाषाको गीत गाउनुभएको थियो । आयोजित कार्यक्रममा आनीले नेपाल भ्रमण वर्ष २०२० सुरू हुन लागेको बताउँदै स–परिवार नेपाल भ्रमणमा आउन सहभागीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया