अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

वैदेशिक रोजगारमा जानेले पर्यटन वर्षको प्रचारप्रसार गर्ने

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:३५ मा प्रकाशित

वैदेशिक रोजगारीमा जानेले ‘भिजिट नेपाल २०२०’को विज्ञापन गर्ने भएका छन् । नेपालबाट जाने हरेक कामदारलाई जाँदा अब नेपाल भ्रमण वर्ष अंकित टिर्सट वा क्याप लगाएर पठाइने भएको हो ।

‘भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने कामदारलाई अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष २०२० को लोगोअंकित टिसर्ट वा क्याप उपलब्ध गराउन अनुरोध गरिएको संघले जनाएको छ ।

त्यस्तै इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले आ-आफ्नो कार्यालयमा भ्रमण वर्ष २०२० को लोगो राख्नुको साथै कम्पनीको कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड, व्यवसायीको इमेलमा लगायतका अफिसियल सामग्रीमा नेपाल भ्रमण वर्षको लोगो राख्ने संघले निणर्य गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू