अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

ओलीले सरकारी निकायलाई पार्टीकरण गर्न खोजे – सभापति देउवा

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:३४ मा प्रकाशित

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सरकारी निकायलाई पार्टीकरण गर्न तल्लीन रहेको आरोप लगाउनुभएको छ । जनकपुरका पार्टी नेता बलराम नायकको श्रद्धाञ्जली सभामा सहभागि हुन धनुषाको सबैला पुग्नुभएका सभापति देउवाले ओली नेतृत्वको सरकारले लोकतान्त्रिक बाटो विराएको आरोप लगाउनुभएको हो ।

उहाँले कांग्रेसभित्र एकताको विकल्प नरहेको पनि बताउनुभयो । नेपाली कांग्रेसभित्र एकताको विकल्प नरहेको उल्लेख गर्दै उहाँले एक भए कुनै शक्तिले कांग्रेसलाई हल्लाउन नसक्ने दावी गर्नुभयो । कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले ओली सरकारले नेपाललाई कम्युनिस्टिकरण गर्न खोजेको आरोप लगाउनुभयो ।

१९९० कार्तिक १ गते पूर्वी धनुषाको सबैलामा जन्मिएका कांग्रेस नेता नायकको गत मंसिर ३० गते ८७ वर्षको उमेरमा निधन भएको थियो । नायकले २०१५ सालमा तत्कालीन महोतरी कांग्रेसको सचिवको रुपमा काम गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू