अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भुजेल पक्राउ

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:३२ मा प्रकाशित

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ पर्नुभएको छ । उहाँका सहयोगी सुमनसिंह पौडेल सहित भुजेललाई सुनसरीको भरौलबाट आज बिहान पक्राउ गरिएको हो । एक नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरो संयुक्त टोलीले भुजेललाई पक्राउ गरेको हो ।

भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । अन्तरिम व्यवस्थापिकामा सांसद्समेत रहनुभएका भुजेल तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुनुहुन्थ्यो । भुजेल सहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल तोडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू