अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंंगारियो, कार्यक्रममा प्रहरीले अवरोध गरेको अभियन्ताको गुनासो

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:३१ मा प्रकाशित

अकुपाई टुँडिखेल अभियानमा शनिबार प्रहरीले अवरोध गरेको छ । अभियान अन्तर्गत शनिबार बिहान खुलामञ्च सिंंगार्ने कार्यक्रम भए पनि प्रहरीले केही बेर अवरोध गरेको अभियन्ताले बताएका छन् । कार्यक्रम सुरु हुँदै गर्दा प्रहरीले बल प्रयोग गर्ने चेतावनी दिएको तर पछि कार्यक्रम सञ्चालन गरेको संयोजक विजय श्रेष्ठले बताउनुभयो ।

सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै सुरु भएको अभियानको ८ औँ हप्तामा आज खुलामञ्च सिंंगार्ने काम भएको छ । टुँडिखेलमा पार्किङ, बसपार्क, पसल थाप्ने जस्ता क्रियाकलापले टुँडिखेल खुम्चिएको भन्दै सम्पदाप्रेमीले टुँडिखेल बचाउ अभियान चलाएका हुन् ।

यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाइ अकुपाई टुँडिखेल अभियान सुरु गरिएको थियो । यो अभियान अझै एक महिना चल्ने संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू