अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

सोमालियाको मोगादिसुमा कार बम बिस्फोट, ६१ जना बढीको मृत्यु

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:२५ मा प्रकाशित

सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम बिस्फोटमा परी कम्तिमा ५ दर्जन ब्यक्तिको मृत्यु भएको छ ।राजधानीको ब्यस्त सडक चोकमा रहेको चेकपोस्टमा गराइएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या अहिलेसम्म ६१ पुगेको छ ।

बिस्फोटका क्रममा कयौं सर्वसाधारण सडकमा रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । सोमालियाका एक जना सांसद मोहम्मद अब्दिरिजाकले ९० जना भन्दा बढीको मृत्यु भएको दावी गरेका छन् । बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । तर अलकायदा समर्थित शबाबले नै यो विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

दश वर्षदेखि सशस्त्र विद्रोह गर्दै आएको अल शबावले यस अघि पनि यस्तै विष्फोटहरु गराउँदै आएको छ । सन् २०११ मा राजधानी मोगादिसुबाट लखेटिए पनि अल शबावको प्रभावि सोमालियका अन्य क्षेत्रमा ब्याप्त छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू