अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

ईञ्जाले सामुदायिक पत्रकारिता, स्रष्टा सम्मान र प्रवासका सङ्घ संस्थालाई जनही एक हजार डलरको पुरस्कार दिने

बिआरटीनेपाल २०७६ पुष ११ गते १९:३६ मा प्रकाशित

ईञ्जा कार्यसमिति पुनर्गठन -पुरस्कारका लागि आवेदन आह्वान

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आगामी दुई वर्षका लागि ग्लोबल कमिटी र युरोप तथा एसिया महादेशीय कमिटीहरूको चयन गरेको छ ।

वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोबल कमिटीको वरिष्ठ उपाध्यक्षहरूमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तर्राष्ट्रिय समन्वय) हुनुहुन्छ । उपाध्यक्षमा वरिष्ठ पत्रकारहरू टङ्क पन्त (एसिया), ददी सापकोटा (युरोप) र मन ऋषि धिताल (अस्ट्रेलिया) हुनुहुन्छ।

ईञ्जा ग्लोबलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय रहनुभएको छ भने सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसी, नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला, वरिष्ठ पत्रकार गङ्गा लामिटारे (अधिकारी) र सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल, हुनुहुन्छ ।

ईञ्जा ग्लोबल कमिटीको निर्देशकमा किशोर सापकोटा (सङ्गठन), अनुराधा पौडेल (नीति निर्माण तथा प्रशिक्षण), विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तर्देशीय समन्वय) चयन हुनुभएको छ।

कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल हुनुहुन्छ । कोषाध्यक्ष भुजेलले फ्रेन्डस अफ ईञ्जा, अमेरिकाको इञ्चार्जको भूमिका समेत निर्वाह गर्नुहुनेछ ।

ईञ्जाका सदस्यहरूमा अमेरिकाबाट विष्णु शर्मा, भूपेन थापा, भोला सिवाकोटी, ज्योति कुमार श्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सिर्जन ताम्राकार, राम लामा अविनाशी, सिर्जना उप्रेती, अङ्कुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाइ, डोब ढकाल, खेम भट्टचन, र पूर्णसिंह बराइली, क्यानाडावाट डा। किस्मत भण्डारी र बद्री तिमिल्सिना, चीनबाट ध्रुव पौडेल, नेपालबाट कृष्ण ढुङ्गाना, रिता सापकोटा, र विनेश खनाल, भारतबाट भरत पौडेल र मध्यपूर्वबाट सुवास शर्मा र तेज बहादुर थापा चयन हुनुभएको छ।

ईञ्जा युरोप :
वरिष्ठ पत्रकार ददी सापकोटा (फ्रान्स) को अध्यक्षतामा ईञ्जा युरोपको चयन भएको छ। वरिष्ठ पत्रकारहरू भगीरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव नीराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (बेल्जियम) रहनुभएको छ। ईञ्जा युरोपको सदस्यहरूमा भक्त खनाल (बेलायत), विजय शर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), विष्णु शर्मा (पोर्चुगल) , रविचन्द्र भट्टराई (अस्ट्रिया) र जयराम तामाङ (बेलायत) हुनुहुन्छ ।

ईञ्जा एसिया:
वरिष्ठ पत्रकार टङ्क पन्तको अध्यक्षतामा रहेको ईञ्जा एसियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने हुनुहुन्छ भने उपाध्यक्षहरूमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान), र मञ्जु गुरुङ (कोरिया) हुनुहुन्छ । महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । ईञ्जा एसियाको सदस्यहरूमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय, विशाल गैरे र अनिल आचार्य हुनुहुन्छ ।

(१) पुरस्कारका लागि आवेदन आह्वान

(क) सामुदायिक पत्रकारिता पुरस्कार २०१९:
ईञ्जाद्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशिको सामुदायिक पत्रकारिता पुरस्कारका लागि ईञ्जाले सन् २०१९ भरिमा प्रकाशित वा प्रसारित आ-आफ्ना समाचारहरूको प्रति सामेल गरी आवेदन दिन सम्पूर्ण इच्छुक पत्रकारहरूलाई आह्वान गरेको छ । पुरस्कार प्राप्त गर्नका लागि इच्छुक पत्रकारहरूले २०२० को जनवरी ३१ भित्रमा ईञ्जा मुख्यालयको इमेल info@injaglobal.org मा आफ्नो प्रकाशित प्रसारित समाचार पठाइसक्नु पर्नेछ। ईञ्जा अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार २०१९ भने यसअघि नै हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरी सकिएको छ ।

ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कार सन् २०२० मार्च १ मा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । प्राप्त आवेदनहरूबाट उत्कृष्ट समाचार चयन गर्न वरिष्ठ पत्रकारहरू तीर्थ कोइराला, टङ्क पन्त र किशोर सापकोटा रहेको एक छनोट समिति समेत गठन गरिएको छ ।

ईञ्जाले मार्च १ लाई “ईञ्जा डे” को रूपमा संसारभर मनाउने निर्णय गर्दै आगामी वर्षदेखि सम्पूर्ण पुरस्कारहरू सोही मितिमा प्रदान गर्ने निर्णय गरेको छ ।

(ख) स्रष्टा सम्मान पुरस्कार २०२०:
ईञ्जाले प्रदान गर्ने १ हजार अमेरिकी डलर राशिको स्रष्टा सम्मान पुरस्कारका लागि छनौट गर्न साहित्यकार तथा वरिष्ठ गीतकार अम्बिका गुरुङ, इन्जा वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल र अनेसास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तिमगर रहेको समिति समेत गठन गरिएको छ। यस समितिले ईञ्जा व्यवस्थापन समितिले बनाएको प्रक्रिया अनुरूप आवेदन पेस गर्न समय तालिका सार्वजनिक गर्नेछ।

(ग) सामुदायिक नेतृत्व पुरस्कार २०१९:
यसै गरी प्रवासका नेपाली समुदायका हितमा राम्रो काम गर्ने सङ्घ संस्थालाई थप प्रोत्साहन गर्न प्रत्येक वर्ष १ हजार अमेरिकी डलर राशिको पुरस्कारबाट पुरस्कृत गरिने छ। यो पुरस्कार प्रवासमा स्थापित सामाजिक संस्थाबाट सन् २०१९ मा समुदायलाई उच्च सेवा प्रदान गर्न सफल सामाजिक संस्थालाई प्रदान गरिने छ ।

ईञ्जा व्यवस्थापन समितिले बनाएको छनौट विधि अनुरूप आवेदन आह्वान गर्न र छनौट गर्न प्राध्यापक तारा निरौलाको संयोजकत्वमा ईञ्जा ग्लोबलका वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, महासचिव शिव विष्ट, ईञ्जाका सदस्यहरू तारा भट्टराई तथा ज्योति कुमार श्रेष्ठ सहितको छनौट समिति गठन गरिएको छ।

(२) अमेरिकामा स्थापित सामाजिक सङ्घ संस्थाहरूको तथ्याङ्क तथा समुदायमा पुर्‍याएको योगदानको अध्ययन:
यस अध्ययनका लागी इच्छुक विज्ञहरूबाट अमेरिकाका अनलाइन मिडिया मार्फत प्रस्ताव आह्वान गरिने छ । तोकिए अनुसार प्राप्त हुने प्रस्ताव मध्ये उचित प्रस्तावलाई छनौट गरी कार्य जिम्मेवारी प्रदान गर्ने अधिकार ईञ्जा व्यवस्थापन समितिमा रहनेछ। यस कार्यक्रमको अनुगमन तथा व्यवस्थापन समितिमा रिपोर्टिङ्गका लागि ईञ्जाका सदस्य विष्णु शर्मालाई तोकिएको छ।

(३) समुदाय प्रति प्रत्रकारहरुको उत्तरदायित्वको सन्देश सहितको नेपाली भाषा सिकाउने “छुनुमुनु” नामक एप्लिकेशनको निर्माण:
यस कार्यक्रमका लागि आवश्यक मोबाइल एप निर्माण गरी सो भित्र साना बालबालिकाहरूका लागि नेपाली भाषा सिकाउन आवश्यक सामाग्रीहरूको विषय सूची अनुसार कार्टुन तथा एनिमेसन भिडियोहरु निर्माण गरिने तथा युट्युब लगायत अन्य साईट्मा उपलब्ध हुने सामाग्रीहरूको प्रयोग गरिने छ।

सुरुवाती अवस्था तथा पहिलो चरणमा वालवालिकाहरुकालागि उपयोगी हुने भाषागत सामाग्री तयार पार्न विज्ञका रूपमा रही कार्य गर्न वरिष्ठ पत्रकार केदार शर्मालाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

(४) मर्यादित पत्रकारिताको व्यवस्थापनका लागि ईञ्जा ईथिक्सको निर्माण:
यस कार्यक्रम अन्तर्गत नेपाली पत्रकारहरूको गोलमेच सम्मेलन गरी ईञ्जा इथिक्सको निर्माण गरिने छ। ईञ्जाका एसिया , युरोप , अस्ट्रेलिया तथा अमेरिकी क्षेत्रमा सम्बन्धित क्षेत्रीय संयोजकको संयोजनमा नेपाली पत्रकारहरूको गोलमेच सम्मेलन गरी ईञ्जा इथिक्स जारी गरिने छ।

(५) इन्जा विस्तार कार्यक्रम अन्तर्गत ईञ्जा अस्ट्रेलियाको संरचना निर्माणका लागि उपाध्यक्ष मनऋषि धिताललाई जिम्मा दिई पूर्ण संरचना छिट्टै निर्माण गरिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू