अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

बिआरटीनेपाल २०७६ पुष ११ गते १९:२० मा प्रकाशित

दिवङ्गत चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्वय दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धाञ्जली दिन आज चलचित्र विकास बोर्डको सभाकक्षमा विशेष श्रद्धाञ्जली सभा गरियो । चलचित्र सम्बन्धी विभिन्न सङ्घ संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा दिवङ्गत तीन जना कलाकारहरूको योगदानको स्मरण गरियो ।

दिवङ्गत चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको १३ औ पुञ्ज तिथिका अवसरमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डमा सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बोर्ड अध्यक्षका रूपमा भट्टराई गरेका कामको स्मरण गर्नु भयो । साँखीले भट्टराईकै पहलमा चलचित्र स्टुडियो निर्माणका लागि बनेपामा २९ रोपनी जग्गा छनौट भएको र त्यसै ठाउँमा स्टुडियो बनाउन सुरु गर्ने काम अन्तिम चरणमा पुगिसकेकोले स्टुडियो निर्माणमा भट्टराईले पु¥याउनु भएको योगदान चलचित्र जगतकालागि अविस्मरणीय हुने बताउनु भयो । भट्टराई कै पहलमा मोफसलका सिनेमा हलहरूमा बक्स अफिस लागु गर्ने अभियान सुरु भएको पनि साँखीले स्मरण गर्नु भयो ।

दिवङ्गत अध्यक्ष केशव भट्टराईको सम्झनामा विभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधिका साथै चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरू शम्भुजित बास्कोटा, कृष्ण मल्ल र राजकुमार राईले पनि आप्mना भावनाहरू राख्नु भएको थियो ।

वरिष्ठ सिनेमा निर्देशक तुलसी घिमिरेले आफूले निर्देशन गरेको चलचित्र कोसेलीबाट दिवङ्गत भट्टराईले चलचित्र जगतमा प्रवेश गरेको स्मरण गर्दै एक उत्कृष्ट कलाकारको रूपमा उहाँको सम्झना गर्नुभयो ।

दिवङ्गत तीनै जनाको सम्झना गर्दै बोर्ड सदस्य दयाराम दाहालले चलचित्र जगतका विभिन्न संस्थाहरू एकै ठाउँमा शोक सभाको लागि भेला भए जस्तै चलचित्र क्षेत्रको विकासकालगि पनि एकजुट हुनुपर्ने धारणा राख्नु भयो ।

दाहालले भट्टराईले चलचित्र क्षेत्रको विकासकालागि विभिन्न महत्वकांक्षि योजनाहरू बनाउनु भएको उहाँले परिकल्पना र सुरुवात गर्नु भएका योजना र कार्यक्रम सफल बनाउने लागि पर्ने बताउनु भयो । राम्रो कामको योजना बनाउँदा बनाउँदै एउटा सहकर्मी गुमाउनु पर्दाको पीडाले आफूलाई मर्माहत बनाएको दाहालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू