अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

गजल

आचार्य प्रभा २०७६ पुष ११ गते १९:०१ मा प्रकाशित

तिम्रो कम्जोरीको भरपुर फाइदा लुट्दैछ उ
तिमीलाई छक्याउन मज्जाले जुट्दैछ उ ।

कस्तो अनजान बनी सँहदैछौ अभिनय त्यो
तिम्रो फाटेको मनलाई केवल खुट्दैछ उ ।

चाहन्छौ तिमी अतीतलाई जोगाएर बाँच्न
तर तातो ज्वालामा त्यो यादलाई भुट्दैछ उ ।

तिमी भने तड्पिन्छौ हरपल उसैको यादमा
तिम्रो मनको पिँजडाबाट बिस्तारै छुट्दैछ उ ।

खोज्दैछ बहाना नयाँ संसारमा रमाउँ भनी
नपुगेर मनको इच्छा घरी घरी टुट्दैछ उ ।