अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

अमेरिकामा उधौली सम्पन्न

सुरेश चामलिंग २०७६ पुष ११ गते १८:५४ मा प्रकाशित

न्यु हेम्सायर, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका केन्द्रीय समितिको संयोजनमा न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा न्यु हेम्सायर राज्यमा किरात राईहरूको चाड उधौलीसंगै यलम्बर नाइट हालै सम्पन्न गरेको छ ।

उक्त सभामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै आदिवासी जनजाति महासङ्घ अमेरिका (फिपना) का सभापति लोक चेम्जोङ्गले नेपालका आदिवासी जनजातिहरूको संस्कार संस्कृति चाडहरू संसारमा फैलिएको छ, यसले सचेतना र जनजागरणको काम गरेको छ भन्नु भयो । उहाँले नेपालका आदिवासी जनजातिहरूको अधिकारका लागी संसारमा रहेको आदिवासी जनजातिको संस्थाहरूलाई ग्लोबलाइजेसन गरेर एक बृहत् सङ्गठन बनाउनु पर्ने चर्चा भई रहेको बारे बताउनु भयो ।

सभापतिको आसनबाट बोल्नु हुँदै केन्द्रीय सभापति मुना राईले हामी नेपालीहरू संसारको जुनसुकै भागमा रहे पनि आ-आफ्नो संस्कार संस्कृति आफूसँगै लगिएको हुनाले यो सात समुन्द्र बारी पनि किरात राईहरूको साकेला उधौली उभौली मनाउने गरिएको छ भन्नु भयो । उहाँले हाम्रो कुन संस्कार संस्कृति छ भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्ने दायित्व हाम्रो हो, त्यसो र सबै नेपालीले आफ्नो दायित्व बिर्सन नहुने कुरो बताउनु भयो ।

दुई चरणमा गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा तयामा खियाम रैछाकुले र यलम्बरको तस्बिरमा माल्यार्पण तथा अदुवा, जाँडले विधिवत् पितृ पूजा गरी कार्यक्रमको सुरुवात गरिएको थियो । अर्गनाइजेसनका न्युइंग्ल्याण्ड च्याप्टर सभापतिले स्वागत भाषण गर्नु हुँदै न्यु हेम्प्शायर राज्यमा रहेको विभिन्न सङ्घ संस्थाहरूको सहयोग सद्भावनाको सराहना गर्नु भयो । उक्त समारोहमा नेपालबाट भर्खरै यस राज्यमा आउनु भएका किरात राईहरू दङ्ग कुमारी राई, राजेश राई सहिद भूमि गाउँपालिका धनकुटा, निरन राई, सबिना राई धरान सुनसरीलाई खादा लगाएर स्वागत गरिएको थियो भने अर्गनाइजेसनको सदस्य यु एस आर्मीको आधारभूत तालीम सकेर आउनु भएका सुप्रिम राईलाई प्रमाण पत्र र खादा लगाएर सम्मान गरिएको थियो ।

पहिलो सभाको सञ्चालन अर्गनाइजेसनका न्युइंग्ल्याण्ड च्याप्टर महासचिव शेखर राईले गर्नु भएको थियो । एन आर एन लगायत विभिन्न नेपाली सङ्घ संस्थाको प्रतिनिधीहरुलाई आसन ग्रहण सहित खादा लगाएर सम्मान गरिएको थियो ।
दोस्रो सेसन सांस्कृतिक कार्यक्रमको सञ्चालन अर्गनाइजेसनका महासचिव जय राईले संयोजन सल्लाहकार धौलवीर राईले गर्नु भएको थियो । विभिन्न गीत र नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । त्यहाँ प्रस्तुत गरिएको नृत्यको कोरियो ग्राफर भीम मगर हुनुहुन्थ्यो । नृत्यमा कृतिका, सबिता, बसन्ती, कञ्चन गुरुङ, इन्दु गुरुङ, शुभना, सृजना, प्रतीक्षा, देश, सबिन, उदय, निर्जन, माया, कञ्चन गुरुङ, इन्दु गुरुङ, लगायत हुनु हुन्थ्यो भने गायनमा ज्योजो लिङ्ग राई, राकेश राई बसन्ती राई, चन्द्र राई हुनुहुन्थ्यो । बाँसुरी धुन कर्ण राई र सहयोगीहरू साइमोन राई, स्मिथ गुरुङ, राजेश राई, हुनुहुन्थ्यो । डी जे राजेन्द्र राई हुनुहुन्थ्यो । उक्त कार्यक्रममा नेपालका पर्यटन दूत मिसेस् नेपाल टुरिजम २०१९ छिरिङ डोल्मा शेर्पाले भिजिट नेपाल २०२० को फ्लेयर बाँड्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू