अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

नयाँ बर्षमा पाकिस्तानको ऐतिहासिक हिन्दू मन्दिर खुल्ने

बिआरटीनेपाल २०७६ पुष ११ गते ८:३८ मा प्रकाशित

पाकिस्तानको पेशावरमा रहेको पंज तीरथ मन्दिर अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा खोलिने भएको छ । महाभारत कालमा पाण्डवहरूले यही मन्दिर भएको क्षेत्रमा वनवास गरेको मान्यता छ । भारत र पाकिस्तान विभाजन भएपछि मन्दिरको पट बन्द गरिएको थियो । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तले यस स्थानलाई पहिले नै राष्ट्रिय धरोहर घोषणा गरिसकेको छ ।

पंज तीरथ त्यहाँ रहेका पाँच तलाउका कारण प्रसिद्ध भएको हो । त्यहाँ पाँच तलाउसँगै एक मन्दिर र खजुरका रुख भएको एक बगैंचा पनि छ । विभाजनअघि हिन्दूहरू ती तलाउमा स्नान गर्न आउने गरेको र दुई दिनसम्म रुखहरूको मुनि बसेर पूजा अर्चना गर्ने गरेको पाइन्छ ।

पाकिस्तानको इभ्याक्युई ट्रस्ट प्रोपर्टी बोर्डका अध्यक्ष आमिर अहमदले मन्दिरको जीर्णोद्धार चलिरहेको बताउनुभयो । विगत केही वर्षमा पाकिस्तान सरकारले खोलेको यो दोस्रो हिन्दू मन्दिर हो । अक्टोबर महिनामा सियालकोटमा लगभग एक हजार वर्ष पुरानो शिवाला तेजा सिंह हिन्दूहरूका लागि खोलिएको थियो ।

PTI7_29_2019_000197B

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू