अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

मृत्युदण्डको सजाँयविरुद्ध मुशर्रफ उच्च अदालतमा

बिआरटीनेपाल २०७६ पुष ११ गते ८:३५ मा प्रकाशित

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानको विषेश अदालतबाट दिएको मृत्यदण्डको सजाय बिरुद्ध उच्च अदालतमा निवेदन दिनुभएको छ । पाकिस्तानको अदालतले गत डिसेम्बर १७ मा मुशर्रफलाई मृत्युदण्डको सजाँय सुनाएको थियो । अदालतको फैसला विरुद्ध मुशर्रफले ८६ पेज लामो निवेदन उच्च अदालतमा पेश गर्नुभएको छ ।

उक्त निवेदनमाथि आगामी जनवरी ९ निवेदनमाथि सुनुवाइ हुने छ । अदालतमा प्रस्तुत गरिएको याचिकामा विशेष अदालतबाट भएको फैसलाले धार्मिक, सामाजिक र संवैधानिक दायरा नाघेको उल्लेख गरिएको छ । यता पाकिस्तानी सेनाले भने मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाप्रति आपत्ति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू