अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

सरकारले विश्वासको मत लिँदैन – प्रवक्ता

बिआरटीनेपाल २०७६ पुष १० गते ७:१४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा सरकारले विश्वासको मत लिन आवश्यक नपर्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले सरकारसँग स्पष्ट बहुमत यथावत रहेका कारण समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन आवश्यक नपर्ने जिकिर गर्नुभयो ।

सरकारका प्रवक्ता बास्कोटाले नेपालको कानुनले विश्वासको मत लिनुपर्ने भने पनि आफूहरुका लागि उक्त प्रक्रियामा जानु कुनै महाभारत नभएको टिप्पणी गर्नुभयो । कानुनले विश्वासको मत लिनुपर्छ भनेपनि सरकारका लागि त्यो कुनै महाभारतको बिषय नरहेको उहाको भनाई थियो ।

Gokul Prasad Baskota

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू