अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

एमसीसी कम्प्याक्ट संबन्धमा युएस नेपाल पोलिसी रिसर्च सेन्टरको धारणा

बिआरटीनेपाल २०७६ पुष १० गते ०:०८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले नेपाललाई दिन लागेको हालसम्म कै ठुलो अनुदान सहयोग ५६ अर्वको परियोजना एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि चालू सांसदबाट यथाशीघ्र अनुमोदन गराइ योजना अघि बढाउन र नेपाललाई एउटा भरपर्दो साझेदारका रूपमा स्थापित गराउन नेपाल सरकार, संसद् र राजनीतिक दलहरूलाई गंभिर र इमानदार हुन युएस नेपाल पोलिसी रिसर्च सेन्टर USNPRC आग्रह गर्न चाहन्छ ।

नेपालको गरिबी निवारणका लागि बिध्युत प्रसारण लाइन स्तर वृद्धि तथा बिस्तार र सडकको स्तरोन्नति दुइवटा मुख्य योजना छनौट भइसकेका र जुन ३०, २०२० देखि परियोजना कार्यान्वयन सुरु भई पाँच वर्षमा सम्पन्न गरी सक्नु पर्ने बाध्यात्मक समय सीमाका प्रावधान छन् ।

६ महिना अघि दुई तिहाइ मतको सरकारले संसद्मा समर्थनका लागि प्रस्तुत गरी सकेको एमसीसी कम्प्याक्ट अघिल्लो संसद् बैठकबाट अनुमोदन गरिसक्नु पर्नेमा अहिले संसद्को हिंउदे अधिवेशन सुरु भए पछि एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने सन्दर्भमा सत्तारुढ दल भित्र उचालिएका कतिपय कृत्रिम विवाद र सत्ता सङ्घर्षका आन्तरिक किचलोले गर्दा २५ वर्ष पहिला अरुण तेस्रोको नियति यो एमसीसी परियोजनाले भोग्नु पर्ने हो कि ? र यो योजना तुहा उने षडयन्त्र भइरहेको त छैन ? भन्ने संशय र चिन्ता प्रकट गर्दछौँ ।

साढे दुई वर्ष अघि नेपाल सरकार र अमेरिकी एमसीसी बिच भएको सम्झौता र डेढ वर्ष अघि भएको योजना कार्यान्वयन सम्झौता हुँदा सबै बुँदा र विषय सार्वजनिक गरिएका थिए । त्यस बेला कुनै विरोध नगरेकाहरूले अहिले परियोजना कार्यान्वयनको सँघारमा आइ पुग्दा कुनै दलको आन्तरिक शक्ति सङ्घर्षको सिकार “नेपालको विकास र संवृद्धि” हुन नपरोस् भन्ने हाम्रो सरोकार हो । सरकारको विश्वसनीयताको प्रश्न , राष्ट्रको पूर्वाधारको विकासमा दलीय राजनीतिकरण जस्ता विषयले नेपालको छवि बिगार्ने काम हुन नजाओस् भनेर हामी सचेत पार्न चाहन्छौ ।

अध्यक्ष : राजन पन्त, पिएचडी
कार्यकारी सचिव, सुमन पराजुली पिएचडी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू