अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

इसाईहरूको पर्व क्रिसमस सुरु, गिर्जाघरमा हुने यौन दुराचारका घटना बाहिर ल्याउन फुकुवा

बिआरटीनेपाल २०७६ पुष ९ गते ८:३५ मा प्रकाशित

क्याथोलिक इसाईहरूको पर्व क्रिसमस सुरु भएको छ । इसाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले एक सन्देश दिँदै क्रिसमस पर्वको समारोह सुरू गर्नुभयो । उहाँले ईश्वरले हामीमध्येका नराम्रासहित सबैलाई माया गर्ने भन्दै क्रिसमस पर्वको सुरुवात गर्नुभएको हो । भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स बासिलिकामा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित समारोहमा भेला भएका सर्वसाधारणलाई पोप फ्रान्सिसले सम्बोधन गरेको बीबीसीले जनाएका छ ।

सम्बोधनको क्रममा पोपले कसैले गलत काम गरेपनि ईश्वरले माया गरिराख्ने भन्दै सत्कर्ममा लाग्न आग्रह गर्नुभयो । पोपको उक्त सन्देशसलाई चर्च तथा गिर्जाघरहरुमा हुने यौन दुराचारका घटनाहरुसँग जोडेर हेर्न सक्ने विश्लेषकहरुले जनाएका छन् ।

गत हप्ता पोपले पादरीहरूको गोपनीयतासम्बन्धी एउटा नियममा महत्वपूर्ण परिवर्तन ल्याएका थिए । पादरीहरूबाट हुने बाल यौन दुराचारका घटनालाई बाहिर आउनबाट रोक्ने नियम यसअघि नै खारेज भइसकेको छ । पीडितको गोपनीयता र आरोपितको प्रतिष्ठाको विषय अघि सार्दै त्यस्ता घटनाहरूलाई गिर्जाघरले विगतमा लुकाउँदै आएपछि त्यसको सर्वत्र आलोचना हुने गरेको थियो ।

तर पोपका नयाँ दस्तावेजहरूले यौन दुव्र्यवहारका घटना बाहिर ल्याउने अथवा पीडित व्यक्तिलाई त्यस्ता कुरा बताउनमा लगाइएका प्रतिबन्ध फुकुवा गरिदिएको छ । पादरीहरूबाट भएका हजारौं यौन दुराचारका घटना र त्यसलाई ढाकछोप गर्ने वरिष्ठ धर्मगुरुहरूको प्रयासका कारण पछिल्लो समय विश्वभरी गिर्जाघर विवादमा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू