अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

पोखरा प्रिमियर लिग क्रिकेटमा विराटनगर इलिमिनेटर राउण्डमा

बिआरटीनेपाल २०७६ पुष ९ गते ८:३६ मा प्रकाशित

विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको इलिमिनेटेरमा प्रवेश गरेको छ । आज भएको खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गरेको हो । पोखरा रंगशालामा बुटवलले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । जितसँगै विराटनगर ५ खेलमा ४ अङ्क जोड्दै तेस्रो स्थानमा रहदै इलिमिनेटेरमा पुगेको हो । अब विराटनगरले फाइनल प्रवेशको लागि इलिमिनेटेरमा बुटवलसँग नै खेल्नेछ । बुटवल ५ खेलमा ६ अङ्क जोडेर लिगको दोस्रो स्थानमा रहदै प्ले अफ पुगेको हो ।

इलिमिनेटेरको विजेताले फाइनलमा चितवन राइनोजसँग खेल्नेछ । चितवन अपराजित रहदै ५ खेलमा १० अङ्क जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । विराटनगरले बुटवलमाथि शानदार जित निकालेसँगै काठमाण्डौं गोल्डेन्स भने बाहिरिएको छ ।

प्रतिक्रिया