अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल’ सम्मान

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:४८ मा प्रकाशित

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यो वर्षको ‘हेम बहादुर मल्ल’ पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै उक्त दुई जना व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गरेको र डा. सुन्दुक रोइतलाई आँखा रोग विशषेज्ञका रुपमा सम्मानित गर्न गईरहेको हो । उक्त पुरस्कार यहि पुष ११ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पुर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ । साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिँदै आएको छ ।

स्व. मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमा काम गरी कर्पाेरेसनमा विशेष योगदान पुर्याउनुभएको थियो । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको यस पुरस्कारको छनोट समितीमा डा हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य हुनुहुन्छ ।

यस अघि उक्त पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत ११ जना सम्मानित भईसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू