अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

देउवा निवासमा भारतीय राजदूत पुरीलाई विदाइ लन्च

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:३५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भारतीय राजदूत मञ्जिवसिंह पुरीसंग विदाई लञ्च गर्नुभएको छ । सभापति देउवा निवासमा आयोजित विदाई लञ्चको फोटो सामाजिक सञ्जालमा मंगलबार सार्वजनिक भएको हो ।

उक्त फोटोमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले कुराकानी गरेको देखिन्छ। राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लन्च’ गराउनुभएको हो । लन्च मिटिङमा देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीलाई पनि आमन्त्रण गर्नुभएको थियो ।

उक्त अवसरमा भारतले आफ्नो राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेको भन्दै देउवाले पुरीलाई केही समयअघि फोन गरी लिम्पियाधुरा, कालापानी तथा लिपुलेक (महाकाली पूर्व) नेपाल भएको सुझाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू