अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

चार खेलाडीमाथिको प्रतिबन्ध एन्फाले घटायो

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:२४ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्ट्राइकर विमल घर्ति मगरसहित चार फुटबलरमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन कमिटिले आज विमलसहित दिनेश राजवंशी, अन्जन बिष्ट र सन्तोष तामाङमाथि गरिएको कारबाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन नाईट क्लबमा बिताएपछि अनुशासन कमिटिले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो । यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको थियो । एन्फाले अनुशासन कमिटिको निर्णय भएको मितिले मंसिर २७ गतेबाट लागु हुने गरि कारबाही गरिएको बताएको थियो ।

तर, एन्फाले कारबाहीको अवधि घटाउँदै कात्तिक ३० गतेबाट प्रतिबन्धको समय गणना गरिने नयाँ निर्णय गरेको हो । कारबाहीको अवधि धेरै भएको भन्दै खेलाडी तथा खेलाडी आवद्व सम्बन्धित क्लबले एन्फामा अपिल गरेपछि कमिटिले अर्काको निर्णय गरेको हो । एन्फाले चारै खेलाडीमाथि गरिएको ५० हजार रुपैयाँ जरिवाना भने यथावत रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू