अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

भारत झारखण्डमा सत्तारुढ भाजपालाई झड्का, मुख्यमन्त्री नै पराजित, कांग्रेस गठबन्धनलाई बहुमत

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:२२ मा प्रकाशित

भारतको झारखण्डमा सम्पन्न विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीका मुख्यमन्त्री रघुबर दास नै पराजित भएका छन् । मुख्यमन्त्री दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गरेका हुन । छ महिना पहिला भएको लोकसभा निर्वाचनमा भाजपाले ५० प्रतिशतभन्दा बढी मत ल्याएको झारखण्ड क्षेत्रमा स्वतन्त्र उम्मेदवारले भन्दा निवर्तमान मुख्यमन्त्रीले दश प्रतिशत कम मत पाएका हुन् ।

रोयले ७३ हजार ९४५ भोट पाउँदा दासले जम्मा ५८ हजार ११२ मत ल्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भाजपाका पूर्व नेता रोयले रघुबर दाससँग असन्तुष्टि भएपछि पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका तमाम प्रयास हुँदाहुँदै पनि कँग्रेस आईको गठबन्धन विजयी बनेको छ । कँग्रेस आई, झारखण्ड मुक्ति मोर्चा (झामुमो) र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले सुविधाजनक बहुमत पाएको हो ।

८१ सदस्यीय विधानसभामा कँग्रेस आई नेतृत्वको गठबन्धनले ४७ स्थान जितेको छ । जसमा झामुमोले ३०, काँग्रेसले १६ र आरजेडीले एक स्थानमा जितेको छ । सन् २०१४ मा झामुमोको १९ र काँग्रेसको ६ सिट थियो । सत्ताको नेतृत्व गरेको भाजपाले भने २५ सिट मात्र ल्याउन सक्यो । गत विधानसभा निर्वाचनमा ३७ स्थान जितेको उसले पाँच वर्ष सरकार चलाएको थियो ।

मत परिणाम आएसँगै नयाँ सरकार गठनको तयारी थालिएको छ । झामुमो अध्यक्ष शिवु सोरेनका छोरा हेमन्त सोरेनलाई मुख्यमन्त्री बनाउने भएको छ । झामुमोबाट पाँच र काँग्रेसबाट उपमुख्यमन्त्री सहित पाँच जना मन्त्री बन्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू