अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

स्पेनिस फ्लेवरमा पदमले ल्याए ‘कहीँ कतै’ भिडियो

मनिष दाहाल २०७६ पुष ७ गते २२:०३ मा प्रकाशित

गायक पदम भट्टराईको स्वरमा रहेको ‘कहीँ कतै तिम्रो सम्झनामा’ बोलको गीत सार्वजनिक भएको छ । गणेश न्यौपानेको शब्द तथा सङ्गीत रहेको गीतमा विक्रम कार्कीको एरेञ्ज छ । काठमाडौँका विभिन्न स्थानमा खिचिएको गीतको भिडियोमा गायक भट्टराई स्वयं फिचर्ड छन् । उनीसँगै मोडल सोनिका केसी पनि देखिएकी छन् ।

गायक भट्टराई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको रोमान्टिक थिमको भिडियोको निर्देशन नियोन क्रियशन स्टुडियोले गरेको हो । गीतले पदम र सोनीकाको प्रेम भाव बोल्छ । भिडियोमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गायक भट्टराईले यस पटक आफूले दर्शक तथा श्रोतालाई स्पेनिस फ्लेवर दिन खोजेको बताए ।

क्यानडा निवासी गायक भट्टराईले तीन वर्ष अगाडि ‘कहीँ त होला’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीतबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका उनी यस पटक पनि दर्शक तथा श्रोताको माया पाउनेमा आशावादी छन् । सानैदेखि गीतसङ्गीतमा रुचि राख्ने उनी चाँडै नयाँ गीत पनि लिएर आउने तयारीमा छन् ।

प्रतिक्रिया