अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

काठमाडौंबाट ९६ जना चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:३२ मा प्रकाशित

काठमाडौंको विभिन्न ठाउँबाट ९६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त पहलमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अहिलेसम्म ९६ जनालाई नियन्त्रणमा लिई काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखी अनुसन्धान सुरु गरिएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिनुभयो । प्रहरीले उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेकाले पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू