अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

अमेरिकामा अरोरा हिमालय लायन्स क्लबले घरबार विहीनहरूलाई खाना खुवायो

बिआरटीनेपाल २०७६ पुष ६ गते १६:१२ मा प्रकाशित

डेनभर, अमेरिका । अरोरा हिमालय लायन्स क्लबले आज कोलोराडो राज्यको अरोरा सहरको १५४४ इल्मिरा स्ट्रिटमा घरबार विहीन अमेरिकीहरूलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा करिब ४० जना घरबार विहीनले बर्गर, स्यान्विच, पिजा, कूकिज, चिप्स, सोडा तथा पानी आदी खाएका थिए ।

लायन्स क्लबको खाना वितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरूको सक्रिय सहयोग र सहभागिता रहेको थियो । अरोरा हिमालय लायन्स क्लबले यो पहिलो चोटि यस्तो कार्यक्रमको आयोजना गरेको हो । यो कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रिक्ट ६ सीका गभर्नर होली अलान रुथर्फोर्ड (Holly Allan Rutherford) थिए । आज आइतबार ११.३० देखि सुरु भएको खाना वितरण कार्यक्रम दिउसो १:३० बजे सम्म सञ्चालन भएको थियो ।

अरोरा हिमालय लायन्स क्लब केही वर्ष अगाडि कोलोराडोको अरोरा क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले यो भन्दा पहिले बिआरटी नेपाल डट कम र ब्लड डोनर्स एसोसिएसनको संयुक्त आयोजनामा ब्लड डोनेसन कार्यक्रम गरी रहेको छ । अरोरा हिमालय लायन्स क्लबका अध्यक्ष सुरेन्द्र अधिकारीले यसरी खाना ख्वाउने काम यो पहिलो चोटि गरेका हौ, हामी यसलाई निरन्तर दिने छौ भनेका छन ।

प्रतिक्रिया