अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 07:41

नुवाकोटमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:४१ मा प्रकाशित

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १२ मा ट्रिपर दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ । सडक निर्माणको काम गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना भएको हुदाँ दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

बा २ क ७९१० नम्बरको ट्रिपर दुर्घटनामा परेको हो । घाईतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतक र घाईते सबै बाहिरि जिल्लाका काम गर्ने मजदुर रहेका छन् ।

मृतकको सनाखत हुन सकेको छैन् ।

प्रतिक्रिया