अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

निजी क्षेत्रलाई नेपाल भ्रमण वर्ष उत्सवको रुपमा मनाउन पर्यटनमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:२१ मा प्रकाशित

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्सवको रुपमा मनाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रम बनाउनु पर्नेमा मन्त्री भट्टराइको जोड थियो ।

आइतबार नेपाल भ्रमण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित निजी क्षेत्रका संघ(संस्थाहरु सँगको छलफल कार्यक्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ केवल ‘इभेन्ट’का रुपमा नभइ दीर्घकालिन आधारशिला बनाउनेतर्फ सरकारको जोड रहेको बताउनुभयो । ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले नेपालको नयाँ क्षितिज र नयाँ बाटो विश्व सामू देखाउने उहाँको भनाइ छ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ लगायतका प्रमुखहरुको उपस्थिति थियो। मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ कार्यक्रमबाट विश्व समुदायलाई नेपाल अब शान्ति, समृद्धि र स्थायीत्वको बाटोमा अघि बढेको सन्देश दिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार–प्रसार तथा प्रवर्द्धनमा महासंघ जुटिरहेका जानकारी दिनुभयो । महासंघको १ सय ६ वटा जिल्ला तथा नगर, १ सय ५ वटा एशोसिएट शाखाहरु सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको राणाको भनाई थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’लाई सफल बनाउन निजी क्षेत्रको पनि कर्तव्य र दायित्व भएको बताउनुभयो । अध्यक्ष मोरले बाहिर निर्यात गरिने नेपालका उत्पादनहरुमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को लोगो राख्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया