अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

गजल

लीलाराज दाहाल २०७६ पुष ६ गते ८:२० मा प्रकाशित

कालो अतीत सम्झिएर रुन्छ्यौ कहिले सम्म ।
हत्तेरिका यादको माला उन्छ्यौ कहिले सम्म  ।

भित्रैसम्म हल्लाइ जान्छ धोकाको त्यो कम्पन
यस्तै झड्का मनमनै गुन्छ्यौ कहिले सम्म ।

मिलन बिछोड भन्नु पनि घाम छाया रैछ,
आँसुले ती नयनलाई धुन्छ्यौ कहिले सम्म ।

भित्रैसम्म घोची गयो घृणाको त्यो सुइरो,
उसलाई सम्झी एकोहोरी हुन्छ्यौ कहिले सम्म ।

कहाँ हुन्छ मन खाली अहिले दुनियाँमा,
स्मृतिको त्यो पछ्यौरी तुन्छ्यौ कहिले सम्म ।

कति आए मित्रताको साइरन बजाउँदै ,
धोकै दिने परदेशी चुन्छ्यौ कहिले सम्म

आकाश जस्तै खुल्ला हुन देऊ मनलाई ,
उर्लेका ती चाहनालाई थुन्छ्यौ कहिले सम्म ।

 

बागमती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया